गृहपृष्ठ मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई गर्यो सम्मान
मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई गर्यो सम्मान
चितवनको मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई सम्मान गरेको छ । आइतबार मैयाँदेवी छात्रा सम्मान २०८१ कार्यक्रमको आयोजना गरी यहाँबाट स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमानै रोजगारीमा रहेका एवं स्वरोजगार भएका छात्राहरुलाई सम्मान गरिएको हो ।
छात्राहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान गरेकी हुन । सो अवसरमा प्रमुख दाहालले यस कलेजमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकलको व्यवस्थापन गर्ने बताइन।
उनले भनिन, “हामी अन्य सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकल बितरण गरेका छौ । सो कार्यक्रममा यस कलेजका छात्रलाई पनि समेट्ने गरी काम गछौँ ।” कलेजले गरेको सम्मानले आम दिदीबहिनीलाई शैक्षिक यात्रामा सहयोग पुगेको उनको भनाइ थियो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कलेजमा प्रमुख भोजराज न्यौपाने, कार्यक्रमका संयोजक कृष्णप्रसाद न्यौपाने लगायतले तीजको अवसर पारि कलेजले आयोजना गरेको छात्रा सम्मान कार्यक्रम उदाहारणीय भएको बताए । कलेजका अध्यक्ष टङ्कनाथ पौडेलले कलेज स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेर स्वदेशमा रोजगारी गरेका, स्वरोजगार भएका र विभिन्न सङ्घ संस्थाको नेतृत्वदायी भूमिकामा रहेकाको सम्मान गरिएको बताए ।
प्रकाशित समय : १५:५५ बजे



















