global ime bank Long Banner Ad

गृहपृष्ठ आफ्नै घर फर्किए चिप्लावासी

आफ्नै घर फर्किए चिप्लावासी

आफ्नै घर फर्किए चिप्लावासी

पहिरोको त्रासले त्रिपालमुनि र आफन्तको घरमा बस्दै आएका लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लास्थित गैरीगाउँका बासिन्दा आफ्नै घर फर्किएका छन् ।

गत साउन १२ गते परेको वर्षाले बस्तीमाथिको जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० परिवार गाउँ नजिकैको डाँडागाउँमा त्रिपाल टाँगेर तथा कतिपय आफन्तकहाँ बस्दै आएका थिए । पहिरोको त्रासले गाउँ छाडेको करिब एक महिनापछि यहाँका बासिन्दा पहिरो जाने जोखिम कम भएसँगै सबै आ–आफ्नो घर फर्किएर बस्न थालेका हुन् ।

स्थानीय कमल गुरुङले भने, “पहिरो जाने त्रासले हामी गाउँ छाडेर डाँडागाउँमा त्रिपाल टाँगेर र आफन्तको घरमा बस्दै आएका थिए, अब आफ्नै घरमा बस्न थालेका छौँ । जोखिम पूर्णरुपमा कम नभएको उनको भनाइ छ ।

स्थानीय रासी गुरुङले अझै जोखिम कायम रहेकाले पानी आएको बेलामा राति जाग्राम बस्ने गरेको बताए। वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि जमिन फाटेपछि पहिरोको त्रासले ज्यान जोगाउन गाउँ छाडेका यहाँका बासिन्दा सबै आ–आफ्नो घर फर्किएका बताए।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु