गृहपृष्ठ लुम्बिनीका मन्त्री कुर्मी र सांसद केसीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन
लुम्बिनीका मन्त्री कुर्मी र सांसद केसीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ।
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी अमर खड्काले बताए।
सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा (बहुमत)का नेताहरुले लुम्बिनीका वन मन्त्री कुर्मी र रुकुम पूर्वका प्रदेश सांसद केसीलाई कानुनी कारबाही गरि पदबाट हटाउन माग गरेका थिए ।
नेकपा (बहुमत)का नेताहरूले आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई त्यससम्बन्धी ज्ञापन पत्र बुझाएका थिए। पार्टीका जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले कुर्मी र केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका थिए। ज्ञापन पत्र बुझाउनु भन्दा पहिले उनीहरूले प्रदर्शनसमेत गरेका थिए।
प्रकाशित समय : १४:२२ बजे



















