global ime bank Long Banner Ad

गृहपृष्ठ फेन्च लिगमा पीएसजीको ६-० गोलको जित

फेन्च लिगमा पीएसजीको ६-० गोलको जित

फेन्च लिगमा पीएसजीको ६-० गोलको जित

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले लगातार दोस्रो हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६-० गोल अन्तरको फराकिलो जित हात पारेको हो।

पीएसजीको जितमा ब्राड्ले बारकोलाले २ गोल गर्दा मार्को एसेन्सियो, अचरफ हकिमी,वारेन जाइरी इमेरे र काङ इनलीले एक-एक गोल गरेका थिए।

पीएसजीको घरेलु मैदान पार्स डेस प्रिन्समा खेलको चौथो मिनेटमा बारकोलाले गोल गर्दै अग्रता दिलाएका थिए। जाओ नेभेसको पासमा बारकोलाले गोल गरेका थिए। २४ औं मिनेटमा मार्को एसेन्सियोले नेभसकै पासमा गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो।

पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु ४ गोल थपेको थियो। ५३ औं मिनेटमा ओस्मन डेम्बेलेको पासमा बारकोलाले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले अग्रता ३-० बनायो।

कुनै पनि बेला मोन्टपिलरले खेलमा फर्कन प्रयास गरे पनि सफल भएन। ५८औं मिनेटमा अचरफ हकिमीले नुनो मेन्डेसको पासमा गोल गरेपछि पीएसजी फराकिलो र एकतर्फी जित तर्फ अग्रसर भएको हो।

६०औं मिनेटमा जाइर इमेरेले डेम्बेलेको पासमा गोल गर्दा पीएसजी ५-० ले अघि बढेको थियो। ८२औं मिनेटमा काङ इनलीले हकिमीको पासमा गोल गरेपछि पीएसजीले ६-० को एकतर्फी जित दर्ता गर्दै स्पष्ट ३ अंक लिएको छ।

 

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु