global ime bank Long Banner Ad

गृहपृष्ठ भदौ १५ अघि नवीकरण शुल्क नतिरे एनसेलको लाइसेन्स स्वतः खारेज हुने

भदौ १५ अघि नवीकरण शुल्क नतिरे एनसेलको लाइसेन्स स्वतः खारेज हुने

भदौ १५ अघि नवीकरण शुल्क नतिरे एनसेलको लाइसेन्स स्वतः खारेज हुने

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक एनसेललाई लाइसेन्स नवीकरण शुल्क एकमुष्ट रूपमा भुक्तानी गर्न पत्र पठाएको छ । प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार बिहीबार पत्र पठाइएको जानकारी दिइएको छ ।

एनसेलको लाइसेन्स अवधि आगामी भदौ १५ गते समाप्त हुँदैछ । कम्पनीले एक साता भित्र १९ अर्ब रुपैयाँ नवीकरण शुल्क नतिरेमा कानुनअनुसार स्वतः खारेज हुने स्थिति रहेको छ ।

एनसेलले बाँकी रकम पाँच किस्तामा तिर्न पाउँ भनी प्राधिकरणमा निवेदन दिएको छ । तर प्राधिकरण प्रवक्ता सन्तोष पौडेलकाअनुसार किस्ताबन्दीमा शुल्क तिर्ने कानुनी व्यवस्था नभएकाले यो आग्रह स्वीकार गर्न नसकिएको हो ।

दूरसञ्चार नियमावलीअनुसार अनुमतिपत्रको म्याद सकिनुभन्दा तीन महिना अगावै नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ । एनसेलले गत जेठमा २० अर्ब रुपैयाँमध्ये ४ अर्ब मात्र बुझाएको छ । समयमा शुल्क नबुझाएकाले थप करिब ३ अर्ब रुपैयाँ जरिवाना लागेको छ ।

प्राधिकरणले एनसेलको किस्ताबन्दीको मागबारे सरकारलाई जानकारी गराएको जनाएको छ । एनसेलले २०६१ भदौ १६ गते जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो ।

प्रकाशित समय : ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु