nmb bank

गृहपृष्ठ शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरू

शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरू

शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरू
काठमाडौँ नजिक रहेको नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा शनिबार उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकन शुभारम्भ गरिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतले एक कार्यक्रमका बीच पदयात्रा शुभारम्भ गरे । त्यस अवसरमा उनले गोकुलेश्वर झर्ना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र््याउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुने बताए । हाल प्रकृतिमाथि विभिन्न तवरबाट अन्याय भइरहेको सन्दर्भ उल्लेख गर्नुहुँदै उहाँले स्थानीय जनसमुदाय आफैँले पहल गरेर झर्नासहितको पर्यटकीय स्थान पहिचान गरेकामा खुसी व्यक्त गरे । “अत्यन्त रमणीय ठाउँको पहिचान र विकासका लागि यहाँहरूले देखाउनुभएको पहलकदमी सराहनीय छ । प्रकृतिलाई बचाउन सकियो भने मात्र हामी पनि बाँच्छौँ  र भावी पुस्ता पनि सुरक्षित हुन्छन् भन्ने कुरा हामी सबैले मनन गर्न आवश्यक छ”, अध्यक्ष बस्नेतले भने, “शिवपुरी क्षेत्रका खोलानाला, वन, झर्नासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर उकास्न टेवा पुग्ने पक्का छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट यहाँका स्थानीय र अर्गानिक सामाग्रीको उत्पादन तथा बिक्रीवितरण बढाएर युवालाई स्वरोजगार बनाउन यस्ता अभियानले सघाउने मैले विश्वास लिएको छु ।”
गोकुलधूप झरना र गोकुलेश्वर महादेव काठमाडौँबाट करिब एक घण्टाको दुरीमा छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा पर्ने यो झरनास्थलमा काठमाडौँबाट सामाखुसी, गुरुजेभञ्ज्याङ, काफलडाँडासम्म टोखा छहरे सडक हुँदै मोटरसाइकल वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ । मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ । हालै स्थानीय बासिन्दाले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु