global ime bank Long Banner Ad

गृहपृष्ठ १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण भारतको केपीएमजीले गर्ने

१० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण भारतको केपीएमजीले गर्ने

१० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण भारतको केपीएमजीले गर्ने

नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गराउन भारतीय कम्पनी छनोट गरेको छ ।

केन्द्रीय बैंकले ‘सर्ट लिस्ट’ मा परेका पाँच कम्पनीमध्ये भारतको ‘केपीएमजी एस्योरन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपी, इन्डिया’ छनोट गरेको हो । राष्ट्र बैंकले लेखापरीक्षक कम्पनी छनोट गर्न गत असार दोस्रो साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।राष्ट्र बैंकले बिहीबार सूचना प्रकाशित गरी प्राविधिक रूपमा केपीएमजी योग्य रहेको जनाएको छ । केपीएमजीको वित्तीय प्रस्ताव आगामी १६ भदौमा राष्ट्र बैंक परिसरमा खोलिने छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा सर्त अनुसार नेपालका १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण गर्न राष्ट्र बैंकले पाँच लेखापरीक्षक सर्ट लिस्ट गरेको थियो ।

राष्ट्र बैंकले नेदरल्यान्ड, भारत र पाकिस्तानका अडिट फर्मलाई सर्टलिस्ट गर्दै प्रस्ताव पेस गर्न भनेको थियो ।

नेदरल्यान्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एन्ड कम्पनी सर्ट लिस्टमा परेका थिए ।

राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने पाँच लेखापरीक्षक फर्ममध्ये भारतको केपीएमजीलाई १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने जिम्मा दिनेछ ।

सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।

३८ महिनाका लागि ईसीएफ अन्तर्गत नेपाललाई ३९ करोड ८८ लाख अमेरिकी डलर सहयोग प्राप्त हुन्छ । यही सुविधा लिन अन्तर्राष्ट्रिय अडिट फर्मले नेपालका १० ठूला बैंकको ‘एसेट क्वालिटी रिभ्यु गर्ने सर्त उल्लेख थियो ।

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु