काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्वपर्यटनमन्त्रीबीच भेटवार्ता

2.43K
shares

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्वपर्यटनमन्त्री यु जिन रोंङबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहनुभएका पूर्वमन्त्री रोंङसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे । सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्नुहुँदै दुई देशबीच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ थियो ।