global ime bank Long Banner Ad

गृहपृष्ठ आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अुनसार कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुने कार्यसूची छ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु