global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीमा कांग्रेसका प्रमुख सचेतक तिमिल्सिनाले दिए पदबाट राजीनामा

लुम्बिनीमा कांग्रेसका प्रमुख सचेतक तिमिल्सिनाले दिए पदबाट राजीनामा

लुम्बिनीमा कांग्रेसका प्रमुख सचेतक तिमिल्सिनाले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्।

तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ।

नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।

सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उनको नाम हटाइएको थियो। त्यसपछि उनी रुष्ट बनेका थिए।

 

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु