global ime bank Long Banner Ad

गृहपृष्ठ स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशीष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय बीमल गुप्ता पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ डाँगीले बताए ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु