global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरेअनुसार बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बैंकले विक्रीमा राखेको छ ।

शेयर किन्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको मिति आज साउन २४ गतेले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।

बैंकले तोकेको समय ३५ दिनभित्र बैंकका संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

 

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु