गृहपृष्ठ चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति छः उपसभापति खड्का
चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति छः उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति समेटिएको बताए । आज यहाँ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा ‘बुलाकी’ को श्रव्यदृश्य (ट्रेलर) र गीत सार्वजनिक कार्यक्रममा उपसभापति खड्काले कर्णालीको सौन्दर्यतालाई चलचित्रको माध्यमले विश्वभर पुर्याउन निर्माता तथा निर्देशकलाई आग्रह गरे ।
“आज यहाँ श्रव्यदृश्य हेरेपछि कलाकारको मेहनत र चयन गरिएको विषयका लागि धन्यवाद भन्न चाहन्छु । कर्णालीमा बुलाकी मूल गहनाको रूपमा लगाउने प्रचलन नै छ । यसमा त्यहाँको संस्कृति र सभ्यतालाई समेटिएको छ । यसले एउटा महिलाको माध्यमले राम्रो कथा भनेको आभास भयो”, उपसभापति खड्काले भने । आयोजित कार्यक्रममा शीर्ष भूमिकामा देखिनुभएकी अभिनेत्री सुरक्षा पन्तले आफ्नो लागि कर्णालीको पात्र पहिलो अनुभव रहेको बताए ।
प्रकाशित समय : १८:५३ बजे



















