global ime bank Long Banner Ad

गृहपृष्ठ काभा महिला भलिबलको सेमिफाइनल समीकरण पुरा, नेपालको प्रतिद्वन्दी इरान

काभा महिला भलिबलको सेमिफाइनल समीकरण पुरा, नेपालको प्रतिद्वन्दी इरान

काभा महिला भलिबलको सेमिफाइनल समीकरण पुरा, नेपालको प्रतिद्वन्दी इरान

काठमाडौँमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजति गरेको छ ।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३-० ले माल्दिभ्सलाई पराजित गरेको हो ।

योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।

भारत १० अंकसहित शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्ने छ ।

त्यस्तै नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ र भने अब सेमिफाइनलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको इरानसँग खेल्ने छ ।

अब सेमिफाइनल खेल मंगलबार हुने छन् । मंगलबार अपराहन्न ३ बजे पहिलो स्मेइफ़ाइनल् खेल भारत र श्रीलंकाबीच हुने छ भने दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५:१५ बजेदेखि शुरु हुने छ ।

 

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु