global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई पेमा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक

आइएमई पेमा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक

आइएमई पेमा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई एक हजारसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्बजनिक गरेको छ ।

अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यथावत रहिरहेको “आइएमई गरौँ,करोडपति बनौँ” योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्बजनिक गरिएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नविकरण तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु