गृहपृष्ठ भिरबाट खसेको ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु
भिरबाट खसेको ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु
भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीम भदेलगडाकी ४० वर्षीया जुनकीरी भुलको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।
आइतवार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भिरबाट खसेको ढुंगा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताए।
प्रकाशित समय : ११:४४ बजे



















