गृहपृष्ठ ‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओलीलाई प्राथमिकता
‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओलीलाई प्राथमिकता
सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’को फस्टलुक्स पोस्टर सार्वजनिक भएको छ ।
अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यस फिल्मको सोमबार सार्वजनिक गरिएको पोस्टरमा प्रधामन्त्री ओलीले प्रधानता पाएका छन् । फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।
एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित रहेर निर्माण भएको ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सांसदद्वय देवेन्द्र पौडेल, राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।
भदौ ७ गतेबाट प्रदर्शनमा आउने फिल्मको पोस्टरमा प्रधानमन्त्री ओलीसँगै प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई देख्न सकिनेछ ।
यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।
प्रकाशित समय : ११:२१ बजे



















