global ime bank Long Banner Ad

गृहपृष्ठ इजरायलमा हिजबुल्लाहको आक्रमण 

इजरायलमा हिजबुल्लाहको आक्रमण 

इजरायलमा हिजबुल्लाहको आक्रमण 

लेबनानको हिजबुल्लाह समूहले आइतबार इजरायलको उत्तरी क्षेत्रमा दर्जनौँ कत्युशा रकेट प्रहार गरिएको जनाएको छ । गएको बुधबार इजरायलले हिजबुल्लाहका मिलिटरी कमान्डर फुआद शुक्रको हत्या गरेपछि जवाफमा पछिल्लो आक्रमण गरिएको जनाइएको छ ।

गएको बुधबार नै इरानको राजधानी तेहरानमा हमास नेता इस्माइल हानियाको हत्या गरिएको थियो । त्यसको जवाफ इजरायललाई दिने इरानको पनि चेतावनी छ । यो अवस्थाले समग्र मध्यपूर्वमा नै युद्ध बढ्ने संकेत देखिएको छ ।

इरानले इजरायलमा गर्न सक्ने सम्भावित आक्रमणका विषयमा अमेरिकाले मध्यपूर्वमा आफ्नो सेनालाई सबल बनाउने तयारी गरिरहेको जनाइएको छ । पेन्टागनले शुक्रबार जनाएअनुसार, अमेरिकाले त्यहाँ थप वारशिप र फाइटर जेट पठाउने तयारी गरिरहेको छ ।

लेबनानमा बढ्दै गएको तनावसँगै अमेरिका, बेलायत, स्वीडेन, फ्रान्स, क्यानडा, जोर्डन, भारतलगायत मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो उक्त देश छोड्न निर्देशन दिइसकेका छन् ।

 

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु