global ime bank Long Banner Ad

गृहपृष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङद्वारा पदवहाली

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङद्वारा पदवहाली

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले पदवहाली गरेका छन् । नवनियुक्त राज्यमन्त्री तामाङले आज मन्त्रालयमा पदबहाली गर्नुभएको हो ।

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राज्यमन्त्री तामाङले नेपालको विकासका लागि ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्र महत्त्वपूर्ण भएकाले यस क्षेत्रको विकासमा आफू निरन्तर लागिपर्ने बताए ।

विसं २०२२ साउन १७ गते शेरबहादुर र जमुना तामाङको कान्छो सुपुत्रका रुपमा जन्मनुभएका तामाङ विसं २०४६र४७ देखि पार्टीभित्र क्रियाशील छन् । विसं २०६७ मा सम्पन्न नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएका तामाङ विसं २०७० मा समानुपातिक सांसदको सूचीमा छन् ।

विसं २०७४ को संसदीय निर्वाचनमा रामेछापबाट पराजित तामाङ विसं २०७९ मा निर्वाचित हुनुभएको थियो । नवनियुक्त राज्यमन्त्री तामाङ हाल नेपाली कांग्रेस रामेछापको सभापतिसमेत हुन ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु