माछापुच्छे बैंकद्धारा कैलालीजिल्ला स्थित नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवा
वि.सं.२०८१ साउन १८ शुक्रवार १४:५१
shares

माछापुच्छे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदुरपश्चिम प्रदेशको कैलालीजिल्ला स्थित श्री नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
आज (शुक्रबारका दिन एक औपचारिक कार्यक्रमकावीच बैंकले निर्माण गरेको पूर्वाधारहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । विद्यालय संचालनका लागि अतिआवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघ संस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता,दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।
























