नेपालमा विदेशी च्यानल बन्द
वि.सं.२०८१ साउन १८ शुक्रवार १३:२२
shares

नेपालमा ७० बढी विदेशी च्यानल बन्द भएका छन् । नेपालका टेलिभिजन सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाईडरहरुलाई बुझाउनुपर्ने पैसा नबुझाएपछि भारतीय च्यानलहरू बन्द भएको हो ।
सरकारले केवल टेलिभिजन सेवाप्रदायकलाई विदेशी अपस्ट्रिम प्रोभाईडरहरुलाई भुक्तानी गर्नुपर्ने डलर सटहीको सिफारिस नगरिदिएपछि उनीहरूले भारतीय कम्पनीलाई पैसा बुझाउन सकेका छैनन् ।
भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी, जी र कलर्सले भुक्तानी सुविधा नपाएको भन्दै नेपालमा प्रसारण बन्द गरेका हुन् ।
























