global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की

एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की

एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने प्रष्ट पारे । उनले कांग्रेसले नाम दिएका आधारमा दुई/चार दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुन बमोजिम सच्याउने सकिने विचार व्यक्त गरे ।

उनले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्की सम्बन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील भएको बताए ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु