गृहपृष्ठ ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्यमा झार्न आवश्यक’
‘मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्यमा झार्न आवश्यक’
विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई शून्यमा झार्न विभिन्न प्रयास भइरहेको बताए । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले बाघको संरक्षणमा नेपालले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनले विश्व बाघ दिवसमा बाघ संरक्षण, प्रवर्द्धनको विषयमा नेपाललगायत बाघ पाइने विश्वका १२ देशमा विविध कार्यक्रमसहित मनाउने गरिएको सन्दर्भ उल्लेख गरे । “वन्यजन्तुको आफ्नै स्वभाव हुन्छ । बाघले आफ्नो आहारा एउटा निश्चित क्षेत्रमा पाएमा त्यही वरपर आफ्नो स्थान बनाउन सक्छ, त्यसैले उसको आहारालाई निश्चित ठाउँमा उपलब्ध गराउनुपर्छ”, डा गुरुङले भने ।
उनले नेपालमा बाघको संरक्षणसँगै स्थानीय रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रको सुदृढीकरणसँग जोडिएको विषयमा चर्चा गरे । “बाघको संरक्षण र मानवको सुरक्षालाई दुवै अनिवार्य छ । यसले रोजगारी र पर्यटनमा प्रवर्द्धन गरेको छ । पर्यटकको आवागमनसँगै स्थानीयको आर्थिकस्तर सुध्रिएको पाएका छौँ”, डा गुरुङले भने ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पछिल्लो गणना अनुसार नेपालमा तीनसय ५५ वयस्क पाटेबाघ छन् । अधिकांश पाटेबाघ तराईका राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा छन् । उक्त अवसरमा बाघसम्बन्धी तयार गरिएको वृतचित्रसमेत प्रदर्शनी गरिएको थियो ।
प्रकाशित समय : १९:०३ बजे



















