गृहपृष्ठ अनुदानबारे सञ्चारमाध्यममा आएका समाचार गलत : मन्त्री अधिकारी
अनुदानबारे सञ्चारमाध्यममा आएका समाचार गलत : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सञ्चारमाध्यममा ५० लाख किसान परिवार सरकारले दिने अनुदानबाट बञ्चित रहेको आशयको प्रकाशित समाचार गलत भएको दाबी गरे । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले ४१ लाख घरधुरी किसान रहेको देशमा तीन लाख ६५ हजार किसान मात्रै अनुदानको दायरामा रहेकाले उक्त समाचार गलत भएको बताए ।
सो मन्त्रालयसम्बन्धी मौखिकरुपमा उठेका प्रश्नको जवाफ दिँदै उनले रासायनिक मल, बिउ विजन, बीमाको प्रिमियम, ऊखु किसानको प्रोत्साहन अनुदान, खोप, कृत्रिम गर्भाधान किसानले अनुदान पाउँदै आएको बताए । उनले बिचौलियाले अनुदान प्राप्त गरेको विषय तथ्यसंगत नभएको जिकिर गरे । उनले सरकारले दिने अनुदान किसानको खातामै जाने व्यवस्था गरिएको जानकारी दिए ।
“दुर दराजमा रहेका किसानसमक्ष सरकारले उपलब्ध गराउने सेवा, सुविधा, सहुलियत, अनुदानको पहुँचमा कमीलगायतका कारणले यसबारे पर्याप्त जानकारी नहुनसक्छ”, उनले भने, “किसानहरुमाझ सहज रुपमा सेवा पु¥याउन मन्त्रालय निरन्तर प्रयत्नशील रहेको अवगत गराउँछु ।”
प्रकाशित समय : १८:४८ बजे


















