global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नागढुङगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

नागढुङगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

नागढुङगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला’ को भौतिक निर्माणबारेमा सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुमगन गरेको छ ।

सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । नागढुङ्गा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ ।

निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ । मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समिति समक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी छन् । हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालन पूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताए  ।

सुरुङ सञ्चालनका लागि झण्डै एक सय जना कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यस्तै अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ । गत वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङमार्ग ब्रेकथू गर्नुभएको थियो । सुरुङमार्गको दुरी दुई हजार छ सय ८८ मिटर रहेको छ । संसदीय समितिले नागढुङ्गादेखि गल्छीसम्म निर्माणाधीन पुथ्वीराजमार्गको स्थलगत अनुमगन गर्ने सांसद सापकोटाले जानकारी दिए ।

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु