global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भियतनामी कम्युनिष्ट पार्टीका नेता ट्रोङको अन्त्येष्टि शुक्रबार गरिने

भियतनामी कम्युनिष्ट पार्टीका नेता ट्रोङको अन्त्येष्टि शुक्रबार गरिने

भियतनामी कम्युनिष्ट पार्टीका नेता ट्रोङको अन्त्येष्टि शुक्रबार गरिने

भियतनामको राजधानी हनोईमा बिहीबार भियतनामी कम्युनिष्ट पार्टीका नेता गुयेन फु ट्रोङको अन्त्येष्टिका लागि उच्च अधिकारीसहित हजारौं नागरिक भेला भएका छन् ।

गत साता राजधानी हनोईको एक सैनिक अस्पतालमा वृद्धावस्थाका कारण देखिएका गम्भीर रोगका कारण निधन भएका ८० वर्षीय उन दशकौंपछि भियतनामले पाएको सबैभन्दा शक्तिशाली नेता हुन्।

भियतनामका धेरै वरिष्ठ नेताहरूको अन्तिम विश्राम स्थल माई डिच कब्रिस्तानमा शुक्रबार अपराह्न ३ः०० बजे ट्रोङको अन्त्येष्टि गरिनेछ भने बिहीबारदेखि नै सवैसाधारणका लागि श्रद्धाञ्जलिका लागि राखिएको छ ।

सन् २०११ देखि पार्टीको नेतृत्व गर्दै आएका ट्रोङ सन् १९८६ मा देशको अर्थतन्त्रको उदारीकरणपछि लगातार तीन पटक पार्टीको नेतृत्व सम्हाल्ने पहिलो नेता हुन् ।

उहालाईँ पार्टी, प्रहरी, सशस्त्र बल र व्यवसायमा फैलिएको भ्रष्टाचार विरोधी उच्च प्रोफाईल अभियानका लागि भियतनामी जनताले सम्मान गर्ने गरेका छन् भने कतिपय विश्लेषकहरूले यसलाई राजनीतिक कलहसँग पनि जोडिएको बताउने गरेका छन् ।

मध्य हनोईस्थित राष्ट्रिय अन्त्येष्टि गृहमा नेताको ठूलो चित्र र दर्जनौं पदकमुनि झण्डा ढाकिएको ट्रोङकोे कफिन राखिएको छ भने कफिन वरपर पहेँलो फूलको गुच्छा र धूप बालिएको छ ।

कालो र सेतो हेडब्यान्ड लगाएका ट्रोङको परिवारले शोकसन्तप्त शुभचिन्तक तथा आपन्तजनहरूलाई अभिवादन गदैृ अन्त्येष्टिमा कुनै पनि परम्परागत नगद खाम वा फूलहरू नदिन अनुरोध गरेका छन् ।

शोक अवधिभर देशभरका सबै झण्डा आधा झुकेका छन् भने मनोरञ्जन र खेलकुदका कार्यक्रमस्थगित गरिएको छ ।

’महासचिवको निधनले पार्टी, राज्य, जनता र परिवारका लागि अपूरणीय क्षति भएको छ,’ पोलिटब्युरो सदस्य लुओङ कुओङले भने ।

ट्रोङको मृत्युको घोषणा हुनुभन्दा एक दिनअघि सत्ताको बागडोर सम्हालेका राष्ट्रपति तो लामसहित देशका शीर्ष पार्टी पदाधिकारीले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्न हनोई पुगेका दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो र क्युबाकासभामुख एस्टेबान लाजो हर्नान्डेजलगायत विदेशी अधिकारीसमेतले उनप्रति सम्मान व्यक्त गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम र वासिङ्टनबीचको गहिरो सम्बन्धका हिमायतीको रूपमा ट्रोङको प्रशंसा गरेको थियो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी ट्रोङलाई ‘रूसको साँचो मित्र’ को रूपमा प्रशंसा गरेको थियो ।

सिंगापुरको आइएसईएएस–युसोफ इशक इन्स्टिच्युटका सिनियर फेलो ले होङ हिपले भने, “ट्रोङको नेतृत्वमा भियतनामले सबै प्रमुख शक्तिराष्ट्रसँग सन्तुलित विदेश नीति कायम गर्न सफल भएको छ ।”

“यसका कारण भियतनामले महत्वपूर्ण आर्थिक विकास हासिल गर्न सफल भएको छ र अब सन् २०३० सम्ममा उच्च मध्यम आय भएको अर्थतन्त्र बन्ने बाटोमा छ,” उनले एएफपीसँग भने ।

ट्रोङको खराब स्वास्थ्यका कारण सन् २०२६ को पार्टी महाधिवेशनसम्म उनी सत्तामा रहन नसक्ने अनुमान गरिएको थियो । उनको रोगको विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु