सङ्घीय निजामती ऐन चाँडै पास हुन्छ: मन्त्री गुप्ता
वि.सं.२०८१ साउन ८ मंगलवार १९:३५
shares
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती ऐन संसद्बाट चाँडै पास हुनेमा विश्वास व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० पर्साले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले साढे दुई महिनाभित्रै निजामती ऐन सङ्घीय संसद्बाट पारित गर्ने गरी काम भइरहेको दाबी गरे । उनी मन्त्री भएसँगै पहिलो पटक गृह जिल्ला गएका हुन् ।
“मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज आठौँ दिन भएको छ । मैले दुई वटा कामलाई उच्च प्राथमिकतामा राखेको छु”, उनले भने, “पहिलो प्राथमिकतामा सङ्घीय निजामती ऐनलाई टुङ्गोमा पु¥याउनेछु ”
मन्त्री गुप्ताले निजामति कर्मचारीको सरुवामा हुने गरेको विकृतिलाई पनि अन्त्य गर्ने गरी नियमावली निर्माणलाई पनि उच्च प्राथमिकतामा राखेको बताए । उलेन कर्मचारीको सरुवालाई व्यवस्थित गराउनका लागि नियमावली बनाउन लागेको पनि जानकारी दिए ।
























