गृहपृष्ठ स्वार्थको द्वन्द्वले मुलुकमा भ्रष्टाचार बढ्यो: योगेश भट्टराई

स्वार्थको द्वन्द्वले मुलुकमा भ्रष्टाचार बढ्यो: योगेश भट्टराई

स्वार्थको द्वन्द्वले मुलुकमा भ्रष्टाचार बढ्यो: योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्व सम्बन्धी कानुन सरकारले तत्काल निर्माण गर्नु आवश्यक रहेको बताएका हुन

उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्व सम्बन्धी कानुन तत्काल निर्माण गरी न्यूनीकरण गर्न आवश्यक रहेको बताएका हुन।

उनले सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे। उनले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको बताए।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु