गृहपृष्ठ सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइरालालाई नियन्त्रणमा लिएको छ ।

लेखा अधिकृत कोइरालाले औषधी आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार र ४ लाख ५० हजार रुपैयाँको चेक लिएको अवस्थामा भरतपुर महानगरपालिका–४ कटहर थोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु