गृहपृष्ठ ‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’

‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’

‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्दै साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालयको शुभारम्भमा मन्तव्य राख्दै सभापति देउवाले राजनीतिमा उनि जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रका लागि जुनसुकै बलिदान गर्न तयार व्यक्ति भएको बताएका हुन ।

“कांग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने एउटा चलन छ, अब पुस्तकालय भएपछि अवश्य पढ्नुहुनेछ भन्ने लाग्छ । बिपी कोइरालाका सम्बन्धमा मैले भन्ने गरेको छु, उहाँ धेरै ठूलो व्यक्ति हो । हरचिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथसाथै धेरै कुरामा उहाँको योगदान छ”, सभापति देउवाले भने ।

महामन्त्री गगनकुमार थापाले जेलनेलको अवधिमा रहँदा पनि नेताहरूले अँगालेको पठन संस्कृतिलाई निरन्तरता दिन आवश्यक रहेको बताए । “नेपाली कांग्रेसभित्र पठन संस्कृति अभिन्न अङ्ग बनाउनुपर्छ, तथ्यमा आधारित बहसका लागि पठन संस्कृति आवश्यक छ, कांग्रेस केन्द्रीय कार्यालय सेन्टर अफ बहस हुनुपर्छ”, महामन्त्री थापाले भने ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकका साथै अन्य बिषयका किताबसमेत समावेश छन् । नेपाली कांग्रेसको स्थापनाअघिका विभिन्न दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बिपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवं संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थराजनीतिलगायत पुस्तक पुस्तकालयमा उपलब्ध छन् ।

 

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु