nmb bank

गृहपृष्ठ दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- ओली

दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- ओली

दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् ।

दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने र दुई वर्षसम्म केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने रहेको संसदलाई जानकारी दिएका छन् ।

काँग्रेस- एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाप्त सकेन

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस अघि कांग्रेस र एमालेले पटक पटक काँध थापेपनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन् ।

उनले कांग्रेस-एमाले पटक पटक मिलेर देशलाई परिणाम समेत दिएको बताउदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउमा आएको बताए ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु