गृहपृष्ठ विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरु शनिबार बिस्तारै लयमा फर्किरहेका छन् ।

अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी आईटी प्रणालीमा आएको अवरोधपछि दर्जनौं उडानहरू रद्द भएका थिए ।

एसियाका हङकङ, दक्षिण कोरिया र थाइल्यान्डलगायतका एयरपोर्टहरू चेक–इन सेवा पुनःसुचारु गरेका छन् भने भारत, इन्डोनेसिया सिङ्गापुरका एयरपोर्टहरुले शनिबारसम्म सामान्य अवस्थामा फर्किने बताएका छन् ।

थाइल्यान्डका एयरपोर्टहरूमा चेक–इन प्रणाली सामान्य अवस्थामा फर्किएको राष्ट्रपति किराती किटमानावतले बताए ।

साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपुर्ण सफ्टवेयर अध्यावधिक गर्ने क्रममा बिहीबार विश्वव्यापी प्राविधिक समस्या सुरु भएको माइक्रोसफ्टले जनाएको छ ।

क्राउडस्ट्राइकले उत्पन्न समस्याको समाधान भएको बताउदै कम्पनीका सञ्चालक जर्ज कुर्ट्जले प्रभावित सबै निकायसँग माफी मागेको अमेरिकी समाचार च्यानल सिएनबीसीले जनाएको छ ।

क्राउडस्ट्राइकले समस्याबाट प्रभाविहरूसँग सम्पर्कमा रहि आवश्यकताअनुसार सहयोग प्रदान गर्न तयार भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको टोलीले विज्ञप्तिमार्फत जनाएको छ ।

बेलायतको स्काइ समाचार संस्थाले समाचार प्रसारणमा आएको समस्या समाधान भएको बताएको छ ।

अस्ट्रेलियाको एबिसीले पनि प्रसारणमा समस्या आएको रिपोर्ट गरेको थियो । अस्ट्रेलियामा सेवाहरू हाल सामान्य लयमा फर्केको भएतापनि सिड्नी एयरपोर्टले अझैसम्म उडानमा ढिलाइ भएको रिपोर्ट गरिरहेको छ ।

केन्या र युक्रेनका बैंकिङ एवं अन्य सेवामा आएको प्रविधिक समस्याले धेरै ग्राहकहरू प्रभावित भएको गुनाशो गरेको थियो ।

अमेरिकी सङघीय उड्डयन प्रशासन ९एफएए० ले सबै उडानहरू बन्द गर्ने आदेश दिएको थियो यद्यपि एयरलाइन्सले पछि आफ्ना सेवाहरू पुनः स्थापना गरिरहेको जनाएका छन् ।

भारतीय एयरलाइन्स इन्डिगोले सामाजिक सञ्जाल एक्समार्फत समस्या समाधान भएको जनाएको छ ।

यसैबीच चिनियाँ सरकारी मिडियाले बेइजिङका विमानस्थल तथा उडान सेवाहरु विश्वव्यापी आउटेजले प्रभावित नभएको जनाएको छ ।

युरोपमा बर्लिनलगायत प्रमुख एयरपोर्टहरूले शुक्रबार सबै उडानहरू स्थगित गरेका थिए भने हाल सेवाहरु पुनः सुरु भएको बताएका छन् ।

कम्पनीका सञ्चालक कुर्ट्जले शुक्रबार आएको सम्सयाबाट प्रभावित ग्राहकहरूलाई मद्दत गर्न कम्पनीका कर्मचारीहरु पूर्ण रूपमा परिचालन गरिएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

विश्वव्यापी सफ्टवेयरमा आएको यस्तो समस्याले एकै समयमा धेरै सेवाहरु प्रभावित हुन सक्ने भएकाले पुर्वाधारहरु सामान्य समस्याहरू विरुद्ध लचिलो हुने गरी विकास गर्न आवश्यक रहेको बेलायतको योर्क विश्वविद्यालयका प्राध्यापक जोन म्याकडर्मिडले बताए।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु