काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता

5.57K
shares

उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ

 यस्तै सो घटनामा  तीस जनाभन्दा बढी बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ । 

राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएको छन्  ।  

हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो बताइएको छ । उत्तरी र मध्य चीनमा मंगलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरोबाट प्रभावित भएको छ ।

यस्तै शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको छ ।