गृहपृष्ठ साउन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय
साउन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय
आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ । सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार साउन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् । सो दिनसहित लगातार साउन ७ र ८ गते पनि बैठक बस्नेछ । त्यसपछि भने ९, १० र ११ गते संसदीय समितिको बैठक बस्नका लागि समय प्रधान गरिने जानकारी दिँदै बर्तौलाले १३, १४ र १५ गते फेरि संसद् बैठक बस्नेगरी बिहीबारको बैठकमा समझदारी जुटाइएको बताए ।
प्रकाशित समय : १३:५० बजे



















