global ime bank Long Banner Ad

गृहपृष्ठ अरूको खेतबाट जथाभावी विद्युतिय तार लगेका दुई जनामाथि ज्यानमुद्दा

अरूको खेतबाट जथाभावी विद्युतिय तार लगेका दुई जनामाथि ज्यानमुद्दा

अरूको खेतबाट जथाभावी विद्युतिय तार लगेका दुई जनामाथि ज्यानमुद्दा

रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतिय तार लगाएका दुईजना माथी ज्यान सम्बन्धि मुद्दा दायर गरिएको छ ।

स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादव माथी ईलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो ।

आरोपीहरुले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का कु्ती हजराको छोरा बर्ष ४५ को चुनिलाल पासवानको आफनै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो ।

पासवानको मृत्यु पछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलवार रामदरेश र गुल्टेन माथी कर्तब्य ज्यान सम्बन्धि मुदा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

गत सोमवार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेको लगत्तै प्रहरीले पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित एक निजी अस्पतालमा लगेकोमा आधाघण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको थियो।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले घटना लगत्तै पासवानको खेतहुँदै विद्युतको तार लागेका रामदरेश राय यादव , गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभावी रुपमा विद्युत पोल बाट लागेको तारबाट करेन्ट लागेर बर्षेनी कैयौं मानिसको मृत्यु हुने गरेको पाइएको छ ।

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु