गृहपृष्ठ सिमलताल पहिरोः ठूलो पानी परेपछि रोकियो खोजी कार्य
सिमलताल पहिरोः ठूलो पानी परेपछि रोकियो खोजी कार्य
भरतपुर महानगरपालिका–२९ सिमलतालमा ठूलो पानी परेपछि त्रिशूली नदीमा बेपत्ता भएका बसको खोजी कार्य रोकिएको छ । बेपत्ता भएका बसको आज बिहानदेखि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरसहितको टोलीले खोजी थालेको थियो ।
घटनास्थलमा ठूलो पानी परेपछि खोजी कार्य रोकिएको हो । वर्षा रोकिएपछि पुनः खोजी कार्य सुरु गरिने बताइएको छ ।
शुक्रवार एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा बच्चाको ट्राउजर फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरी करिब ५१ जना बेपत्ता भएका छन् भने तीन जना पौडीएर बाँच्न सफल भएका छन् ।
Published Time: 10:11 AM

















