गृहपृष्ठ राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श

राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श

राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श

राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन् ।

सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु