nmb bank

गृहपृष्ठ ‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उनले निर्देशन दिए ।

प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’  दष्उबम।पयकजष्।नयख।लउ को आज शुभारम्भ गर्दै उनले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन  सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताए ।
उक्त पार्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्वसूचना दिने, नागरिकले आकस्मिक फोन गर्न सक्ने, सुझाव र गुनासा राख्ने, प्रक्रियागत अवस्था, भिडियो सन्देश तथा सम्बोधन, न्युज फिडलगायत सुविधा रहेका पार्टल निर्माणकर्ता दिवस लामिछानेले जानकारी दिए ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु