nmb bank

गृहपृष्ठ बागमतीमा एमालेका मन्त्रीहरुले आज राजीनामा दिने

बागमतीमा एमालेका मन्त्रीहरुले आज राजीनामा दिने

बागमतीमा एमालेका मन्त्रीहरुले आज राजीनामा दिने

 

बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा फेरबदल आएसँगै माओवादीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वमा रहेको सरकारबाट एमालेका मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।

एमाले चार महिनाअघि चैत १७ गते जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक सहभागी भएको थियो । तर, पुनः केन्द्रमा एमालेले वर्तमान गठबन्धन तोड्दै नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नेबारे समझादी गरेपछि सरकार छाड्न लागेको हो । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहान १० बजे राजीनामा बुझाउने तयारी भएको बताए ।

बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री छन् । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु