काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सूर्यज्योति लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट

3.09K
shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जारी भएका व्यतित बीमालेखहरु असार २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ ।

कम्पनीले यसअघि यो सुविधा असार २१ गतेसम्मका लागि तोकेको थियो । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटहरुबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । विलम्ब शुल्कमा छुट बीमा अवधिभर एक पटकमात्र प्रदान गरिने कम्पनीले बताएको छ ।

साथै, पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमाशुल्क छुट रकम समर्पण रकममा कटाइने तथा २०८२ असार २१ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट लागु नहुने कम्पनीले जानकारी दिएको छ ।