global ime bank Long Banner Ad

गृहपृष्ठ नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरी बल गोताखोरले गरे उद्वार

नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरी बल गोताखोरले गरे उद्वार

नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरी बल गोताखोरले गरे उद्वार

असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ ।

माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राती सवा १० बजे सकुशल उद्वार गरेको हो ।

घटना बारे जानकारी पाए पश्चात् कुरिनटारबाट गोताखोर पठाइएको थियो । उद्वार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० बर्षका ओम बहादुर गुरुङ्ग र ४२ बर्षका खुम बहादुर गुरुङ्ग रहेका छन् । बाढिमा फसेका बर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएका थिए ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु