nmb bank

गृहपृष्ठ एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घको व्यवस्थापनमा कैलालीको अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित ग-यो ।

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउदै तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनीले कर्णाली प्रदेशलाई १२–८ ले पन्छउँदै तेश्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवम् प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घकी अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु