nmb bank

गृहपृष्ठ तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला

तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला

तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला

तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो ।

पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ बर्षिय अनिशा बास्तोला र ६५ बर्षिय श्याम भण्डारी रहेका छन् । तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ ।

सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु