nmb bank

गृहपृष्ठ बेलायती पूर्व प्रधानमन्त्री लिज ट्रस पराजित

बेलायती पूर्व प्रधानमन्त्री लिज ट्रस पराजित

बेलायती पूर्व प्रधानमन्त्री लिज ट्रस पराजित

बेलायती पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले आफ्नो संसदीय क्षेत्रमा पराजित भएकी छन् ।

ट्रस आफ्नो साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित भएकी छन् । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरे भने लिज ट्रसले ११ हजार २१७ मत प्राप्त गरेकी थिइन् ।

हारपछि ट्रसले भने, धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौं । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो ।

यस निवाचनमा लेबर पार्टी १४ बर्षपछि सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा लेबर पार्टीले अहिलेसम्म ४११ सिटमा जित हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले ११९ सिट जितेको छ ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु