गृहपृष्ठ हरेक टियागो इभि बुकिङ्गमासियोर सट गिफ्ट संगै मनसुन मेला सुरु
हरेक टियागो इभि बुकिङ्गमासियोर सट गिफ्ट संगै मनसुन मेला सुरु
नेपालकालागी टाटा मोटर्सको एकमात्रअधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टियागो इभि मन्सुन एक्सचेन्ज मेलाआयोजना गर्न लागेको छ । मन्सुन एक्सचेन्ज मेलामाजुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ ।
ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुचीतथाचाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरी रहेका शोरुमहरुमायहिअसार २१ गते देखी २३ गते सम्म एक्सचेञ्ज कार्यक्रमआयोजना गर्न लागिएको हो ।
यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्जबोनस, निःशुल्कअटोप्लस इन्स्योरेन्स, निःशुल्क२आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षकोनिःशुल्क सर्भिसिङ्घ सुविधाहरुको फाइदालिन सक्नु हुनेछ । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनिपाउन सकिनेछ । उल्लेखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।
ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेलाबिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमाहुन गइरहेको छ ।
प्रकाशित समय : १४:२२ बजे



















