global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मुक्तकम्लरीलाई समाजमा स्थापित गर्न उचित पहल आवश्यक’

‘मुक्तकम्लरीलाई समाजमा स्थापित गर्न उचित पहल आवश्यक’

‘मुक्तकम्लरीलाई समाजमा स्थापित गर्न उचित पहल आवश्यक’

मुक्तकम्लरीले मुक्तिको घोषणा गरिए पनि समाजमा स्थापित हुननसकेको गुनासो गरेका छन् । न्यायोचित पुनःस्थापना गर्न सरकारले पर्याप्त ध्यान नदिएका कारण आफूहरू घरेलु हिंसामा पर्न थालेको उनीहरुको गुनासो छ ।

मुक्तकम्लरी सुलोचना चौधरीले सरकार र सरोकार भएकाहरूले न्यायिक पुनःस्थापनाका लागि उचित पहल गर्नुपर्ने आवश्यकता औँल्याइन । “मुक्त भए पनि हामीलाई शिक्षा र आयआर्जनमा जोड्न उचित पहल भएन, त्यसैमा सानै उमेरमा विवाह गर्नुपरेपछि अहिले दैनिकी चलाउन निकै समस्या भएको छ । धेरै जना घरेलु हिंसा भोग्न बाध्य छन”, उनले भनिन ।

मुक्तकम्लरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरामती चौधरीले कम्लरी राख्नेलाई कारबाही नहुँदा आफूहरूले न्यायको महशुस नगरेको बताइन । “सरकारले मुक्तिको घोषणा त ग¥यो तर हिजोका दिनमा हामीलाई काममा राख्नेहरूलाई कुनै कारबाही गरेन, त्यसकारण न्यायको अनुभूति गर्न सकेका छैनौँ । पठनपाठनका लागि छात्रवृत्ति दिने गरेको छ त्यो पनि पर्याप्त र समयमा नदिँदा समस्या हुने गरेको धेरै दिदीबहिनीहरुको गुनासो छ”, उनले सुनाइन ।

दाङमा तीन हजार छ सय ५८ मुक्तकम्लरी छन् । उनीहरुको हकहितका लागि मुक्त विभिन्न सङ्घसंस्थाले काम गरिरहेका छन् । मुक्तकम्लरी विकास मञ्च पनि त्यसैका लागि स्थापित भएको हो । हाल यो संस्थाले घोराही उपमहानगरपालिकाका–२, ४, ८ र १२ मा कार्यक्रम उनीहरुको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिइन ।

आगामी आर्थिक वर्षदेखि तुलसीपुर उपमहानगरपालिकाका–१५, १६ र १८ तथा लमही नगरपालिकाका–३, ४ र ८ मा कार्यक्रलम सञ्चालन गर्ने तयारी भएको छ । “मुक्तकम्लरीसहित पिछडिएका समुदायको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेका छौँ । आयआर्जनमा सुधारका लागि विभिन्न प्रकारका आयमूलक तालिम, नीतिनिर्माण तहमा सहयोग, सामग्री सहयोगलगायत भइरहेका छन् । कार्यक्रम सन् २०२८ सम्म चल्नेछ”, अध्यक्ष चौधरीले बताइन ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु