global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य तोलामा एक सयले बढ्यो

सुनको मूल्य तोलामा एक सयले बढ्यो

सुनको मूल्य तोलामा एक सयले बढ्यो

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा एक सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय ७० निर्धारण भएको छ ।

 

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु