nmb bank

गृहपृष्ठ नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति

नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति

नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति फाइल फोटो

चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टिम र केन्द्रीय समितिको भोलि घोषणा हुनेछ ।

आज तीन जना प्रमुख नेताहरूको पुरानै पदलाई निरन्तरता दिने घोषणा गरियो । जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल दोहोरिएका छन् । अन्य पदाधिकारी चयन भएको छैन ।

पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । आज घोषित अध्यक्ष, सम्मानित नेता र महासचिवको तीन सदस्यीय टीमलाई सचिवालय भनिएको हो । सचिवालयले भोलि सबै सूची तयार गरेर भोली बिहान १० बजे घोषणा गर्ने भनिएको छ । यससँगै महाधिवेशन प्रतिनिधिले नेतृत्व चयनको अधिकार गुमाएका छन् ।

आज भएको आन्तरिक सहमति अनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने छ । उनी यसअघि सचिव थिइन् । अहिलेका अन्य सचिवहरूले सोही पदमा निरन्तरता पाउने छन् ।

एकीकृत समाजवादीले २१ जनाको पदाधिकारी टिम र २९९ सदस्यी केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ । पहिलो पटक विधानमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ नेताको पद थप गरिएको । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको सम्भावना छ ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु