गृहपृष्ठ राष्ट्रिय योग तथा प्राकृतिक चिकित्सा दिवस
राष्ट्रिय योग तथा प्राकृतिक चिकित्सा दिवस
सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । असार २० (आज) राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सरकारी स्वास्थ्य संस्थामा योग तथा प्राकृतिक चिकित्सा सेवा अहिलेसम्म उपलब्ध नभएकाप्रति सरकारको ध्यानाकर्षण गराइएको हो ।
सरकारले विसं २०५९ असार २० गते प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवाको विधाअन्तर्गत राखी मान्यता प्रदान गरेको थियो । सोही दिनको सम्झनामा २०७४ साल असोज २३ गतेको निर्णयअनुसार असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउन लागिएको हो । तर स्वास्थ्य सेवाका विधाअन्तर्गत मान्यता पाएको २२ वर्ष पुग्दा पनि सरकारी अस्पताल र स्वास्थ्य संस्थामा प्राकृतिक चिकित्सा सेवा उपलब्ध हुन सकेको छैन ।
प्राकृतिक चिकित्सा अभियन्ता डा हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्साको प्रयोगबाट रैथाने कला संस्कृति र विधि विज्ञानलाई पुनरुत्थान गरिनुपर्नेमा जोड दिए । उनले तत्काल दरबन्दी नभए पनि करार सेवाबाट जनशक्ति नियुक्ति गरेर सेवा दिनुपर्नेतर्फ उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानार्कषण गराए ।
प्रकाशित समय : १७:४६ बजे



















