global ime bank Long Banner Ad

गृहपृष्ठ चिनियाँ नागरिक चितवनको एक होटलमा मृत फेला

चिनियाँ नागरिक चितवनको एक होटलमा मृत फेला

चिनियाँ नागरिक चितवनको एक होटलमा मृत फेला

चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् ।

बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय बियान चाङ्क्सिन आज बिहान मृत फेला परेका हुन् । असार १० गतेदेखि सो होटलमा बसेर उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उनी आज बिहान ९ बजेतिर होटलको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु